दफा
प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी गोपनीयता
प्रत्येक महिलाको प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी विषय अनतिक्रम्य हुनेछ र निजको मञ्जुरीविना त्यस्तो विषयको जानकारी अरु कसैलाई दिन वा सार्वजनिक गर्न हुँदैन।
तर स्वास्थ्य उपचारको क्रममा सम्बन्धित विशेषज्ञहरूबीच त्यस विषयमा छलफल गर्न वा निजको एकासगोलका परिवारका सदस्य र अठार वर्ष उमेर पूरा नभएको वा होस ठेगानमा नरहेको व्यक्ति भए निजको संरक्षकलाई जानकारी गराउन बाधा पर्ने छैन।